१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा


0
Shares

काठमाडौं, चैत ९ । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ ।

गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारीले ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिको सहकार्यमा नुवाकोटको त्रिशुली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जान आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेका हुन् ।

आइतबार मात्र नक्साल, बालाजु र कलङ्कीबाट नुवाकोटका लागि सात तथा काभ्रेपलाञ्चोकका लागि दुई बस पठाइएको छ ।

समाजसेवी तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष अधिकारीले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गरिएको जानकारी दिए ।

देशलाई दुःख परेका बेला आफूले सहयोग गर्न लागेको अधिकारीको भनाइ छ । अधिकारी नुवाकोट निवासी हुन् । सोमबार पनि नुवाकोट र काभ्रेपलाञ्चोकका लागि निःशुल्क बस सञ्चालन हुने छन् ।

विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णय समेत गरिसकेको छ । रासस