१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कैलालीमा बम बिस्फोट, एक जनाको मुत्यु


0
Shares

कैलाली, चैत ९ । कैलालीको गोदावरी नगरपालिका वडा नंबर–४ स्थित फूलबस्तीमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर बिकको रहेको प्रहरीले जनाएको छ ।

उनले जंगलमा भेटिएको पित्तल जस्तो बस्तु आगोमा तताउँदा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभएको छ । प्रहरी यतिबेला घटनास्थलतर्फ जाँदै छ ।