१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कोरोनाका कारण बन्दीपुर सुनसान


0
Shares

तनहुँ, चैत ९ । पर्यटकले भरिभराउ हुने बन्दीपुर बजार यतीखेर सुनसान बनेको छ ।

कोरोना संक्रमणको डरले बन्दीपुर आउने पर्यटक घट्दै गएका हुन् ।

दुई महिना अघि दैनिक सात–आठसयको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरु बन्दीपुर घुम्नको लागि आउने गरेकोमा कोरोनाको त्रासले पर्यटकको संख्या घट्दै गएको छ ।

बन्दीपुर बजारमा पर्यटक बढ्दा रातको समयमा समेत चहल पहल हुने गरेको थियो ।

पर्यटकहरु आउन छाडेपछि होटेल ब्यबसायी पनि चिन्तित बनेका छन । व्यावसायीलाई भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताउने गरेको छ ।