१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


कोरोनाको त्रासमा पर्यटक


0
Shares

इलाम, चैत ९ । कोरोना भाइरस संक्रमणको त्रासले इलामका पर्यटकीय क्षेत्र यतिबेला सुनसान जस्तै छन् ।

आन्तरिक तथा बाह्य पर्यटकहरु कोरोना भाइरसका कारण घुम्न नआएपछि यी क्षेत्र सुनसान देखिएका छन् ।

संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेसँगै इलाम सदरमुकामसहित कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कल, सन्दकपुर, गोर्खे, थुम्के, कुटिडाँडामा अवस्थित सानो पाथिभारा लगायतमा एक साताबाट पर्यटकहरु आउने क्रम ठप्प जस्तै भएको छ ।

पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेले केही समय अघिसम्म इलाम भित्रनेको संख्या दैनिक तीन सयको हाराहारीमा रहेपनि अहिले घटेर शून्यप्राय जस्तै भएको जानकारी दिए ।