
बारा, चैत ९ । भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै बाराको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघले बजार बन्द गर्ने निर्णय गरेका छन् ।
सोमबारदेखि जितपुर र सिमरा बजारमा अत्यावश्यकबाहेक सबै प्रकारका व्यवसाय बन्द गर्ने निर्णय भएको हो ।
लताकपडा, बिभिन्न सोरुम, होटल, पसल, ग्रिल, फर्निचर, लगाएतका पसल र उद्योग बन्द गरिने भएको छ । यसअघि बाराका स्कुल, होटल र रेष्टुराँहरु बन्द भइसकेका छन ।
उद्योग वाणिज्य संघ बाराका अध्यक्ष संजय साहले जनताहरु अझै भीडभाड हुने बजारमा गइरहेकाले बन्द गर्न लागेको बताए । दुई ठुला बजार बन्दसंगै गाँउ र बजारमा आउजाउ पनि कम हुने छ ।
प्रतिक्रिया दिनुहोस्