१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


नुन वितरणमा रोक


0
Shares

बझाङ, चैत ९ । खाद्यान्न अभाव हुने भन्दै बझाङको चैनपुरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको डीपोमा नुन किन्नेहरुको भीड लागेपछि जिल्ला प्रसासन कार्यालयले नुन वितरणमा रोक लगाएको छ ।

नेपाल भारत नाका बन्द हुने र त्यसपछि नुन नपाइने हल्लाका कारण सर्वसाधारण नुन किन्न ओईरिएका हुन् ।

पछिल्लो तिन चार दिन यता दैनिक सात आठ सय जना नुन किन्न कार्यालयमा जाने गरेका छन् । साल्ट ट्रेडिङको डीपोले भने नुन प्रशस्त रहेको बताएको छ ।