२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


गुणाकर महाविहार रहेकाे सार्वजनिक जग्गा संरक्षण गर्न सरोकारवालाहरू एकजुट


598
Shares

काठमाडौं । काठमाडौंको ज्याठामा रहेको ३ सय ५३ वर्ष पुरानो ऐतिहासिक ‘लाक्षी’ खुला सार्वजनिक र सत्तल रहेको जग्गा संरक्षण गर्न सरोकारवालाहरू एकजुट भएका छन् ।

गुणाकर महाविहार संरक्षण समिति, काठमाडौंमा रहेका १८ वटा महाविहार र विभिन्न बौद्ध संघसंस्थाका प्रतिनिधिबीच भएको छलफलमा महाविहारको अभिन्न अंग रहेको खुला सार्वजनिक र सत्तल रहेको जग्गा संरक्षण गर्ने तयारी गरिएको हो ।

यस विषयमा थप प्रमाण सहित सबै पक्षसँग सघन छलफल गर्ने र कुनै पनि हालतमा सो स्थान संरक्षण गरिछाड्नेमा उनीहरूको जोड छ । जग्गामा काठमाडौं महानगर वडा नं २७ ले आफ्नो कार्यालय सहित व्यापारिक भवन बनाउन लागेपछि स्थानीय र अभियन्ताहरूले विरोध गर्दे आएका छन् ।

नेपाल सम्वत् ७ सय ८८ को शिलापत्रमा ध्वखाबहालका गुणज्योति बज्राचार्यले महाविहार बनाएपछि लोकहितका लागि विहार अगाडि सबैले देख्ने गरी सत्तल निमार्ण गरेको र सँगै खुला सार्वजनिक जग्गा संकल्प गरेर राखेको प्रमाण विहार भित्रै सुरक्षित छ ।

गत माघ २३ मा महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष लगायतले भवन शिलान्यास गरेपछि ऐतिहासिक सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै भवन निमार्ण रोक्न स्थानीयहरूले दबाब दिएका हुन् ।