
धनकुटा । जिल्लाको शहिदभूमीमा गाँजा सचेतना मेला आयोजना गरिएको छ ।
गाँजा वैधानिक अभियान समूहले धनकुटा, भोजपुर, सुनसरी र उदयपुरका किसान प्रतिनिधि, गाँजा विज्ञहरुलाई गाँजा सचेतना सम्बन्धि प्रशिक्षण दिएको हो ।
सहभागीहरूलाई प्रशिक्षण मार्फत मेला आयोजना गरेर प्रतिबन्धित गाँजाको बहुुउपयोगिता बारे किसान माझ बहस चलाइएको हो ।
हाल संयुक्त राष्ट्र संघले समेत गाँजामा ९८ प्रतिशतभन्दा बढी औषधिय गुण भएको भन्दै गाँजालाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि बैधानिकता दिनुपर्ने अभियान्ताहरूले माग गरेका छन् ।
मेलामा झोला, लत्ताकपडा, जुत्ता, मास्क जस्ता गाँजा बाट बनेका उत्पादनको प्रदर्शनी र बिक्री स्टल समेत राखिएको छ । मेलामा नेपालका बिभिन्न संस्थाका गाँजा अभियान्ताहरुले ऐक्यबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्