१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेको चुनावी नारा खोई ?


1.183k
Shares

काठमाठौं । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसँगै सत्ताघटक दलहरूले चुनावी नारा तय गर्दै गाउँमा प्रवेश गरिसक्दा पनि प्रतिपक्षी नेकपा एमालेले भने चुनावी नारा तय गर्न सकेको छैन ।

देशभर निर्वाचन लक्षित प्रचार भेलामा व्यस्त बनेको एमालेले घोषणापत्रसँगै चुनावी नारा छिट्टै ल्याउने गरि तयारी गरिरहेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी गराउनुभयो ।

आगामी बैशाख ३० गते हुने स्थानीय चुनावका लागि प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेसलाई जिताऔं’ भन्ने मुल नारा बनाएर नेताहरु गाउँमा प्रवेश गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रले पनि कांग्रेससँग मिल्दोजुल्दो चुनावी नारा बनाएको छ । माओवादीले ‘गाउँ नगर घर–घर जाऔं, माओवादी केन्द्रलाई विजय गराऔ’ नारा अघि सारेको छ ।

यता एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी ले ‘जनतामा जाउ, नेकपा (एकीकृत समाजवादी)लाई जिताऔं’ नारा बनाएको छ ।