१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोनाको उपचारमा खटाउन निर्देशन


0
Shares

काठमाडौं, चैत ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका चिकित्सकलाई कोरोना भाइरसको उपचारमा खटाउन निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छात्रवृत्तिमा एमबिबिएस, एमडि, एमएस गरेका चिकित्सकहरुलाई खटाउन सातै वटा प्रदेश सरकारलाई निर्देशन दिएको हो ।

सरकारको छात्रवृत्तिमा सरकारी वा निजी कलेजमा पढेका चिकित्सकहरुलाई कलेजसँग समन्यय गरी खटाउन निर्देशन दिइएको हो ।

यस्तै मन्त्रालयले अध्ययनपछि वरिष्ठ चिकित्सकलाई समेत आवश्यकता अनुरुप खटाउन भनेको छ ।