१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एआइजी बढुवाविरुद्ध परेको रिटमा सुनुवाइ भएन


91
Shares

काठमाडौं । एआइजी बढुवाविरुद्ध परेको रिट निवेदनमा आज (सोमबार) पनि सुनुवाइ हुन सकेन ।

सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्ने सूचीमा परेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको हो ।

न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेशी तोक्दा उहाँकै इजलासमा परेकाले सुनुवाइ हुन नसकेको बताइएको छ ।

एआइजी बढुवाविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

मन्त्रिपरिषद् बैठकले डिआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।