
पाेखरा। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहमा आवश्यकता अनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेस कास्कीद्वारा पोखरामा सोमबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्यत र आवश्यकता अनुसार निर्णय लिन कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।
नेता कोइरालले जथाभावी टिकट वितरण नगरी सक्षम र योग्य उमेदवारलाई निर्वाचनमा टिकट दिनुपर्छ र प्रदेशले कांग्रेसको विधान अनुसार प्रदेशभर समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
तालमेलका नाममा विगतमा चितवनको भरतपुर महानगरपालिकामा जस्तो तालमेल नगर्न पनि आग्रह गर्नुभयो ।
यसै गरी नेता कोइरालाले जनताबीच जाँदा केन्द«देखि वडासम्मका एजेन्डालाई समेटेर जान आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्