१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


भारतसंग सिमा जोडीएका अधिकाम्स नाकाहरु बन्द


0
Shares

नेपालगञ्ज, चैत ९ । नेपाल–भारत सीमा नाकाहरुमा उच्च सतर्कता अपनाउने र केही नाकाहरु बन्द गर्ने निर्णय स्थानीय प्रशासनहरुले गरेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्तकता स्वरुप आइतबारदेखि नेपालगञ्जलगायतका नाकाहरु बन्द गरिएको छ भने अन्य केही नाकाहरु बन्द गर्ने तयारी भईरहेको छ ।

भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच भएको छलफलपछि नेपालगञ्ज नाका बन्द गर्ने निर्णय गरिएको हो । जमुनाहा नाकासहित अन्य छोटी नाकाहरु समेत बन्द गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले आइतबारबाट लागु हुने गरी एक हप्ताका लागि सिमा नाका बन्द गरिएको जानकारी दिएका छन् ।

नाका बन्द गरिएसंगै दुवैतर्फ सुरक्षाकर्मीहरुको संख्या समेत बढाइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकालाई केहि समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको वैठकले मंगलबार बिहानदेखि गड्डाचौकी नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । मंगलबारदेखि अर्को सूचना नगरिएसम्मका लागि नाकाबाट पूर्णरुपमा आवागमन बन्द गर्ने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी गराएका छन् ।

यस्तै, आइतबार रातीबाटै लागू हुनेगरी कञ्चनपुर जिल्लामा लकडाउन लागू गरिने भएको छ । भीमदत नगरपालिका क्षेत्रमा दैनिक उपभोग्य बस्तुका पसल, राहत उद्दार बाहेक सम्पुर्ण उद्योग कलकारखाना, बजार, पसल, व्यवसाय समेत पुर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको हो ।

प्रसासनले नाकाबाट भित्रिने व्यक्तिहरुको तथ्यांक राख्ने र आकस्मिक उपचार बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ भने अटेरी गर्नेलाई कारवाहि गर्ने निर्णय गरेको छ । यस्तै रौतहटस्थित नेपाल भारत नाकामा उच्च सतर्कता अपनाइएको छ ।

सदरमुका गौरको नाका बाहेकका अन्य सात वटा नाका भएर हुने आवातजावतमा रोक लगाइएको हो । उता, पश्चिम नवलपरासीसंग जोडिएका सीमा नाकाबाट आवागमन पूरै बन्द गरिएको छ ।

सीमा नाकाका सडकहरु शुन्य देखिएका छन् । भारतले समेत सीमा नाकामा कडाई गरेपछि त्यस क्षेत्र सुनसान बनेको हो । नाकाहरुमा सुरक्षाकर्मी र हेल्थ डेस्कका कर्मचारी मात्र छन् । यता, सप्तरी प्रशासनले भारतसँग सिमाना जोडिएका १६ वटा नाका बन्द गरेको छ ।

आइतबारदेखि प्रसासनले अत्यावश्यक पसलबाहेकका पसलहरु पनि बन्द गर्ने निर्णय समेत गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ स्थित तिलाठी नाकाबाहेक भारतसँग सिमाना जोडिएका सवै नाका बन्द गरिएको हो ।

खुल्ला रहेको एउटा नाकामा पनि स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । सो नाका भएर आउनेहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै बाराको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघले बजार बजार बन्द गर्ने निर्णय गरेका छन् । सोमबारदेखि जितपुर र सिमरा बजारमा अत्यावश्यकबाहेक सबै प्रकारका व्यवसाय बन्द गर्ने निर्णय भएको हो ।