२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पनौती नगर अस्पतालको निर्माण कार्य अन्तिम चरणमा


4.446k
Shares

काठमाडौं । पनौती नगरपालिकामा नगर अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

नगर प्रमुख भीम न्यौपानेले सोमबार नगर अस्पतालको निरीक्षण गर्नुभएको छ । नगरपालिकाले वडा नम्बर १० खोपासीमा २५ शय्याको नगर अस्पताल बनाउने निर्णय गरेको थियो ।

अस्पतालको निर्माण कार्य सकिएको र केही दिनमा नै नगरपालिकालाई हस्तान्तरण गरिने पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।

१ करोड ३५ लाख १२ हजार १ सय ६ रुपैयाँको लागतमा अस्पताल निर्माण गरिएको हो । २०७८ भदौ १३ गते नगर अस्पताल निर्माणका लागि सुनकोशी इन्जिनियरिङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो ।

गत फागुन १९ गते नै निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि कोरोना महामारी, पनौतीको १२ वर्षे मकर मेला लगायतका कारण काममा केही ढिलाइ भएको कम्पनीको दाबी छ ।

यस्तै अस्पताल सञ्चालनका लागि कार्यविधि निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाले कर्मचारी व्यवस्थापन, औषधि, स्वास्थ्य उपकरण लगायतका व्यवस्थापकीय काम छिट्टै सुरु गर्ने शाखा प्रमुख तिमल्सिनाले बताउनुभयो ।