
काठमाडौं, चैत ९ । वीरगन्जका एक जना व्यापारीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरका ६७ बर्षिय शिवकुमार रुङ्गटा कोरोना संक्रमित भएको र उनको विहारको पट्नामा उपचार भईरहेको भारतीय सञ्चार माध्यमहरुले बताएका हुन् ।
केही समय अघि मिर्गौला प्रत्यारोपण गरिएका रुङ्गटा दुबईबाट फर्किएको र उनलाई केही दिनअघि खोकी लाग्ने र ज्वरो आउने भएपछि उपचारका लागि विहारको पटना लगिएकोमा उपचारका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जानकारी दिएका छन् ।
उनलाई पटनामै आईसोलेसनमा राखेर उपचार गरिएको र उनको परिवारलाई आइसोलेसनमा पठाइएको छ । परिवारका सदस्यहरुमा संक्रमण भएको पुष्टि नभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्