१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


श्रीलंकापथमा नेपालको अर्थतन्त्र !


10.166k
Shares

काठमाडौं । आर्थिक अवस्थामा एशियाली देशहरूमा राम्रै दर्जामा गनिने मुलुक श्रीलंका अहिले नराम्ररी आर्थिक दलदलमा फसेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालले १३ खर्ब रुपैयाँ बढीको बस्तु आयात गर्दा जम्मा डेढ खर्बको निर्यात गरेको छ ।

यस्तै, चालु आर्थिक वर्षको शुरुमा १२ खर्ब ४४ अर्ब रहेको विदेशी मुद्रा संचिति समेत सात महिनामा १७ दशमलव ७ प्रतिशतले कमी आई १० खर्ब २४ अर्बमा सीमित हुन पुगेको छ ।

यस्तै, अर्थतन्त्रको मेरुदण्ड रहँदै आएको रेमिट्यान्स आप्रवाह घट्दो क्रममा छ । अरु त अरु मूल्य वृद्धि समेत उकालो लाग्ने क्रममा छ ।

रुस युक्रेन युद्धले मूल्यवृद्धिमा थप पर्दै गएको छ । यी सबै तथ्याङ्ले नेपाल पनि कतै श्रीलंकाकै बाटोमा त पुग्ने हैन भन्ने धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् । तर, अर्थविज्ञहरूले भने अर्थतन्त्रमा चुनौति थपिए पनि डरलाग्दै अवस्थामा भने पुगि नसकेको बताएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य एवं अर्थविद् डा. दिलनाथ दंगाल अझै पनि सुधारको प्रशस्त सम्भावना रहेको बताउनुहुन्छ । यद्यपि आयातमुखी राजश्वमा रमाइरहने सरकारले कठोर कदम भने चाल्नैपर्ने उहाँको बुझाइ छ ।

नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठ पनि तत्कालको आर्थिक संकटबाट माथि उठ्न आयातमुखि प्रवृत्तिमा सुधार गर्नै पर्ने अवस्था देखिएको बताउनुहुन्छ । यसमा प्रत्येक नागरिक जिम्मेवार हुनुपर्ने अवस्था आएको पनि उहाँको भनाइ छ ।

नेपालको आर्थिक क्षेत्र १२ वर्ष अगाडि पनि यहि समस्याबाट गुज्रिएको र विस्तारै लयमा आउने डा. श्रेष्ठको विश्लेषण छ ।

जे होस् आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरणका लागि सरकार तथा राजनीतिक दलका नेतृत्व भाषणमा भन्दा योजना कार्यान्वयनमा गम्भीर भएर लाग्नुपर्ने देखिएको छ ।