
web pic
काठमाडौं । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा शारदा नगरपालिका दारिमचौरका १७ वर्षीय नारायण वली रहेका छन् ।
दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको जिप सडकबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ३१ वर्षीय जिप चालक थलराज वलीको उपचार भईरहेको छ । मृतक नारायण थलराजका भाई रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्