७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लखनउको दोस्रो जित


234
Shares

काठमाडौं । लखनउ सुपर जायन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा सनराईजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै लखनउले दोस्रो जित निकालेको हो ।

लखनउले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रन मात्र बनायो ।

हैदरवादका राहुल त्रिपाठीले ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए । वासिङटन सुन्दरले १८ रन बनाउँदा केन विलिम्सनले १६ रन बनाए ।

लखनउका आभेस खानले ४, जासन होल्डरले ३ तथा कुर्नाल पाण्डयाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

लखनउका लागि कप्तान केएल राहुलले ६८ तथा दीपक हुड्डाले ५१ रनको अर्धशतकीय इनिङ खेले ।

हैदरावादका वासिङ्गटन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले २/२ विकेट लिए ।