२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


आर्सनल क्रिस्टल प्यालेससँग पराजित


195
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल क्रिस्टल प्यालेससँग पराजित भएको छ ।

सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो ।

क्रिस्टल प्यालेसका लागि जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा एयुले गोल गर्दै क्रिस्टल प्यालेसको अग्रता दोब्बर बनाए । त्यसपछि ७४ औं मिनेटमा जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–० को जित दिलाए ।

जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनल ५४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।