
बुटवल । चोरी अभियोगमा बुटवल वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक ब्यक्ति घाँटी रेटिएर घाइते भएको अवस्थामा फेला परेका छन् ।
तामाको तार चोरीको अभियोगमा पक्राउ परेका रुद्रबहादुर नेपाली सोमबार घाँटी रेटिएको अवस्थामा फेला फरेका हुन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।
गत शनिबार चोरी गरेका तामाका तार कवाडीलाई गरेको अवस्थामा उनी पक्राउ परेका थिए ।
बुटवल औद्योगिक क्षेत्र र बिभिन्न स्थानबाट तार चोरी भएको उजुरीका आधारमा अनुसन्धान गरिरहेको प्रहरीले कवार्ड खानामा तार बेच्दै गर्दा उनलाई पक्राउ गरेको जनाइएको छ ।
हिरासत भित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै उनले घटनाको छानवीन हुनु पर्ने नेपालीका आफन्त मानकुमारी सार्कीले माग समेत गरेकी छिन् ।
हिरासतमा रहेका नेपालीले आफैं धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको प्रहरीले पनि पुष्टि गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले आफैले धारिलो सामानले घाँटीमा रेट्न खोजेको भेटिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्