१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थुनछेक बहसका लागि पल शाह नवलपुरमा


4.589k
Shares

काठमाडौं । नाबालिग गायिका बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ ।

तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगिएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।

मंगलबार विहान ७ बजे पछि कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उहाँले बताउनुभयो ।

‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि पुनः तनहुँ कारागार ल्याइनेछ’, उहाँले भन्नुभयो ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गर्नुभयो ।

‘केहीबेर अगाडि आउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ ।’

३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् ।

उच्च अदालतले निवदेन उपर पहिलो सुनवाइ गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ ।