२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


संसद् विघटनको निर्णय सर्वोच्चद्वारा बदर, बल्झियो राजनीतिक संकट


15.717k
Shares

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ ।

पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालको इजलासले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै संसद् विघटनको निर्णय बदर गरेको हो ।

अदालतको आदेशसँगै देशमा थप राजनीतिक र संवैधानिक संकट निम्तिएको छ ।

पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो ।

अविश्वासको मत खारेज गर्ने निर्णयले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो र उनीहरूले सो निर्णयविरुद्ध अदालतमा पुनरावेदन गरेका थिए ।