
काठमाडौं । रुस–युक्रेन युद्ध शुरु भएको ४५ दिन पुग्न लाग्दा शक्तिशाली रुस भन्दा पनि युक्रेन तिर धेरै क्षति भएको छ ।
ऐतिहासिक र पौराणिक संरचना त ध्वस्त भए नै । त्यो भन्दा पनि दर्दनाक घटना उजागर हुँदा विश्वको ध्यान त्यतै केन्द्रित हुन थालेको छ ।
पछिल्लो समय युक्रेनको चर्चित शहर बुचामा भेटिएका शवहरूको दर्दनाक दृश्य देख्दा जो कोहीको मन भारी हुन्छ । शहरको फुटपाथ होस् वा व्यस्त सडक, जताततै युक्रेनी नागरिकको शव भेटिन थालेका छन् ।
कसैकौ हात बाँधिएको अवस्थामा त कोही आफनो सवारीसाधनको छेउमा रुसी सेनाको गोलीको शिकारका कारण ढलेका छन् ।
यस्ता ह्दयविदारक दृश्य रुसका लागि पाच्य होला तर युद्धको मारमा परेका युक्रेनी नागरिकहरूका लागि जिन्दगीभरको लागि नमेटिने दाग बनेको छ ।
रुस–युक्रेन युद्धका लागि आफ्नो ज्यान दाउमा पार्न तयार भएका युक्रेनीहरूले आफ्ना लालबाला छोडेर रुसी सेनासँग भिड्न तयार भए ।
जसलाई न बन्दुकको युद्ध कलाको सीप थियो न त शत्रुको सामना गर्ने क्षमता । यद्यपि आफ्नो देशको रक्षाका लागि उनीहरूले गरेको बलिदानी अमूल्य छ ।
दिनहुँ गोलाबारुदको आवाजका बीच बाँचेका युक्रेनका जनता आफू मारिए पनि सन्तानको भने चिन्ता गरिरहेका छन् । सन्ताको मायाले पिरोलेपछि उनीहरू नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् ।
युक्रेनी एक महिलाले छोरीको ढाडमा उनको नाम र ठेगाना लेखेर कतै हराएमा सही ठेगानामा ल्याउनका लागि चालेको यो कदमले जो कोहीको मन कटक्क खान्छ ।

बारुदले राजनीतिज्ञको स्वार्थको रोटी सेकिएता पनि युद्धले देश मात्र खरानी हुँदैन, सामाजिक संरचना ध्वस्त हुन्छ ।
अझ बालबालिका, महिला र वृद्धवृद्धाको अवस्था कहालीलाग्दो बन्न पुग्छ, शब्दमा व्यक्त गर्न नै नसिकने गरी ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्