
xकाठमाडौं । काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।
२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो ।
विश्व बैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो ।
निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो ।
प्रतिक्रिया दिनुहोस्