७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


निर्माणाधीन चिलिमे–त्रिशुली प्रसारण लाइनको काम धमाधम हुँदै


429
Shares

रसुवा । रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सब–स्टेशन द्रुत गतिमा निर्माण भइरहेको छ ।

२०७९ साउन महिनाभित्र प्रसारण लाइनको निर्माण सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम सकिएको आयोजना प्रमुख शुभारम्भ बिक्रम शाहले जानकारी दिनुभयो ।

प्रसारण लाइनमा ७९ वटा टावर निर्माण हुने छन् जसमा ३९ वटा टावर निमार्णका लागि फाउन्डेसन बनिसकेका छन भने १३ वटा टावरमा तार जडानको काम भईरहेको छ । आयोजनाले चिलिमे मैलुङसम्म १९ किलोमिटर डबर सर्किट र मैलुङबाट त्रिशूली–३ बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्ने छ ।

विकट भूगोल, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो ।

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने झण्डै ६ सय मेगावाट क्षमताका विद्युत् आयोजनाबाट उत्पादन हुने विजुली राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन र सबस्टेशनको निर्माण भईरहेको हो । नेपाल सरकार, विद्युत प्राधिकरण, जर्मन विकास बैंक र युरोपेली बैंकको सहुलितपूर्ण ऋणमा उक्त आयोजना अघि बढेको हो ।