२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


महिला नेतृत्वमा आए सुशासन हुन्छ : अर्थमन्त्री शर्मा


156
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शीता र सुशासन कायम हुने गरेको बताउनुभएको छ ।

बजेटमा महिलाहरूको सुझाव संकलन गर्ने उदेश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले महिलाहरूलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटमार्फत सम्बोधनको प्रयास गर्ने बताउनुभयो ।

उहाँले सामाजिक चेतना वृद्धि नगरी महिला हिंसा अन्त्य नहुने धारणा राख्दै त्यसका लागि समाजमा चेतना वृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको बताउनुभयो ।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट बिनियोजन हुनेगरेको भन्दै गुनासो गर्नुभयो ।