
काठमाडौं । टेलिकमभित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै नेपाल टेलिकमका कर्मचारीहरू आन्दोलित भएका छन् ।
टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले बुधबार खबरदारी सभाको आयोजना गर्दै प्रवन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो ।
सरकारले रिक्त रहेको प्रवन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेको बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रवन्ध निर्देशक बनाउनु नहुने भन्दै खबरदारी गरेका हुन् ।
टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रवन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्र प्रसाद जोशीले बताउनुभयो ।
टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उहाँले त्यसबाट मुक्त गराउन खबरदारी गरिएको बताउनुभयो ।
नेपाल टेलिकममा प्रवन्ध निर्देशकको नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरूलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्