
काठमाडौं । सहकारी सञ्चालहरूले सहकारी ऐन शंशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आगामी आर्थिक बर्ष ०७९/८० को बजेट सम्बन्धी सहकारी क्षेत्रका सरोकारवालासँग सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रसँग बाझिएका ऐन शंशोधन गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको हो ।
उहाँले राष्ट्रिय सहकारी बैंकबाट पुनकर्जा दिने व्यवस्था मिलाउनुपर्ने, सबै प्रदेशमा शीत भण्डारणगृह निर्माण गरी सहकारीबाट सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने, धुलो दुध कारखानाको सञ्चालन सहकारीबाटै गरिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।
छलफलमा सरोकारवालाहरूले कर्जा असुली न्यायाधीकरणलाई प्रभावकारी बनाउनुपर्ने एवं सहकारीमा हुने बदमासीलाई नियमन गर्न कडा व्यवस्था गरिनुपर्ने सुझाव समेत दिएका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्