१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुनसरीमा एमालेविरुद्ध पाँच दलको मोर्चा


611
Shares

सुनसरी । आगामी बैशाख ३० गते घोषणा भएको स्थानिय निर्वाचनमा सुनसरीमा एमाले विरुद्ध गठबन्दनले संयुक्त उम्मेदवारी दिने भएका छन् ।

बुधवार नेकपा (एकिकृत समाजवादी) पार्टी कार्यालय इनरुवामा बसेको सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।

सत्ता गठबन्दनले केन्द्रमा गरेको निर्णय बमोजिम सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने निर्णय गरेको कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिनुभयो ।

केही स्थानिय तहमा गठबन्धन नगर्ने भन्ने व्यापक कुरा उठिरहेको भन्दै उहाँले ती स्थानीय तहमा समेत सहमतिका आधारमा टुंगो लगाउने निर्णय भएको बताउनुभयो ।

सरकारमा सहभागी दलहरू कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चाले सुनसरीमा पनि चुनावी गठबन्धन गर्ने गरी कार्यदल गठन गरेको छ ।

कांग्रेस सुनसरीका सचिव विरेन्द्र साहको संयोजकत्वमा पाँच सदस्य कार्यदल गठन गरिएको एकीकृत समाजवादीका सुनसरी अध्यक्ष गोविन्द निरौलाले बताउनुभयो ।

कार्यदलमा माओवादीबाट मुक्साहाङ मेन्याङबो, समाजवादीका बसन्त सुबेदी, जसपाका प्रदिप कार्की र जनमोर्चाका हरिलाल अधिकारी रहेका छन् ।

सत्ता गठबन्दनमा आबद्ध दलहरूले वडादेखि पालिका, नगरपालिका र उपमहानगरपालिकाका सबै तहमा सहमतिका आधारमा चुनावी तालम्ल गर्ने निर्णय गरेको छ ।