१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


पाँचथरमा कोरोना उपचारका लागि ९० शैया


0
Shares

काठमाडौं, चैत १० । कोरोना भाइरसका संकास्पद बिरामीको उपचारका लागि पाँचथरका अस्पतालहरुमा ९० शैयाको छुट्टै व्यवस्थापन गरिएको छ ।

पाँचथर जिल्ला अस्पतालमा ४०, समर्पित अस्पतालमा ३० र पाथिभरा हेल्थ केयर हस्पिटलमा २० शैया छुट्याएको छ ।

जिल्ला समन्वय समितिका प्रमूख संयोजक रहेको स्वास्थ समन्वय समितिले सदरमुकाम फिदिममा सरोकारवालाहरुसँग छलफल गरी शैया छुट्याउने निर्णय गरेको हो ।

साथै कोरोना संक्रमित विरामीलाई उपचार गर्नुपर्ने अवस्था आए आइसोलेसनसहितको उपचार केन्द्र स्थापनाका लागि फिदिम नगरपालिकालाई ठाँउ व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

समितिले जिल्लासँग सिमाना जोडिएका फालेलुङ र याङवरकसहितका स्थानमा उच्च सतर्कताका लागि स्वास्थ्यकर्मी र सुरक्षा निकाय परिचालन गर्ने, अन्तर जिल्ला र छिमेकी मुलुकसँग सिमाना जोडिएका स्थानमा सम्वन्धित स्थानीय तहसँग समन्वय गरी हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।

दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि पाँचथर उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिएको छ ।

कोरोना भाइरसवारे सर्वसाधारणमा जानकारी दिन पाँचथर जिल्ला अस्पताल प्रमूख डाक्टर बुद्धीवहादुर थापाको नेतृत्वमा ३ सदस्यीय स्रोत समूह समिति गठन गरिएको छ ।