
Web Pic
काठमाडौं । ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट पैदलयात्री बालकको मृत्यु भएको छ ।
बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका रामेछापका २ वर्षीय बालक आर्यन पुरीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते बालकको उपचारको क्रममा इमाडोल स्थित किष्ट मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्कर दिने कार सहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्