
कोहलपुर, चैत १० । विश्ववयापी रुपमा फैलिएको कोभिड १९– को सङ्क्रमण बढ्न नदिन बाँकेको नेपालगञ्जमा लायन्स डेण्टल अस्पताल खजुरा रोडको माथिल्लो तलामा ३–३ फिटमा श्यया राखेर ४० श्ययाको आइसोलेसन तयार पारिएको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्ट्रिक गभर्नर सेम शाक्यले कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन आफूहरुको पहलमा लायन्स डेण्टल अस्पतालमा ४० श्ययाको आइसोलेसन तयार पारिएको जानकारी दिए ।
भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल र कोहलपुर अस्पतालमा ६–६ वटा श्ययाका दरले आइसोलेसन बेड तयार पारिएको भए पनि एकै पटक ठाउँमा उक्त आइसोलेसन तयार गरिएको हो ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५–२ का पूर्व डिस्टिक गभर्नर मधुसुदन शर्माले नेपालगञ्ज क्षेत्रमा क्रियाशील रहेका लायन्स क्लब सचेतनाको लागि विभिन्न खालका गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
कोरोनाको सङ्क्रमणबाट जोगाउन लायन्सहरुको सक्रियतामा सीमा क्षेत्रमा हात धुन ५०० लिटरको पानी ट्याङ्की, मोटर र पाइप उपलब्ध गराइएको तथा बाँके बर्दियामा रहेका २२ बढी क्लबले प्रति क्लबबाट पाँचसय मास्क तथा सचेतनामूलक पम्पलेट बोकेर जनस्तरमा पुग्ने तयारी गरेको उनले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्