
काठमाडौं । कोरोना महामारीबाट सिथिल बनेको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ ।
नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० गते देखि वैशाख १ गतेसम्म १७ औं फेवा नव वर्ष सडक महोत्सव हुने भएको हो ।
कोरोना महामारीको कारण दुई वर्ष रोकिएको सडक महोत्सव पोखराको पर्यटन पुन उत्थानको लागि सडक महोत्सव गर्न लागेको होटल संघ पोखराका अध्यक्ष तथा महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो ।
उहाँले पछिल्लो समय नेपाली नयाँ वर्ष पनि उत्साहका साथ मनाउन थालिएकाले पोखरा सडक महोत्सवमा १ लाख भन्दा बढी आन्तरिक पर्यटन आउने अनुमान रहेको बताउनुभयो । संयोजक सुवेदीले महोत्सवमा ३५ लाख खर्च हुने बताउनुभयो ।
त्यस्तै, होटल संघ नेपालमा वरिष्ठ उपाध्यक्ष विनायक शाहले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न सरकारले बजेट मार्फत केही नीति ल्याए पनि कार्यान्वयन नगरेको बताउनुभयो । सरकारले नीति ल्याउने तर काम नगर्ने भएकाले पर्यटन व्यवसायीहरु आफै पोखराको पर्यटन प्रवर्द्धन गर्न पोखरा सडक महोत्सव गर्न लागिएको शाहले बताउनुभयो ।
महोत्सवमा विभिन्न प्रकारका खानाका परिकार, विभिन्न सांस्कति झाँकी प्रस्तुती,ख्याती प्राप्त कलाकार प्रस्तुती र हाँस्यव्यग्य समेत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्