८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुपाल्चोककाे बुद्ध पार्कको सभामुखद्वारा उद्घाटन


39
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारामा रहेको बुद्ध पार्कको सभामुख अग्नि प्रसाद सापकोटाले उद्घाटन गर्नुभएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजनाको रूपमा रहेका गौतम बुद्धको प्रतिमा सहितको बुद्ध पार्कको आज (बिहिबार) उद्घाटन गर्नुभएको हो । पर्यटन प्रवद्र्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमा सहितको बुद्धपार्क बनेकोे छ ।

सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै पुग्न सकिने बुद्धपार्कको निमार्णकार्य सम्पन्नभएको हो । सिढींबाट आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्ध मुर्ती ६७ फिट अग्लो रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको नगर गौरवको योजना अनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क बनेको हो । अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना अघि सारेको नगरपालिका प्रमुख अमानसिंह तामाङले बताउनुभयो ।

भ्यु टावर सहितको बुद्धको मुर्ति निमार्ण कार्य सम्पन्न भएपछि आन्तरीक पर्यटक बड्ने र चौताराको महत्वलाई थप वढाउने नगरपालिकाले जनाएको छ ।