
काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
आज (शुक्रबार) बिहान प्रदेश-१ तथा मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य भूभागमा भने आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देश-१ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ। शुक्रबार राती भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।
प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्