
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ ।
अदालतले संसद विघटन गर्ने कदम गैरकानूनी भएको फैसला बिहिबार साँझ त्यहाँको अखबार डनले जनाएकाे छ । सर्वोच्चले पुनस्र्थापित संसदमा प्रधानमन्त्री खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढाउन पनि आदेश दिएको छ ।
सर्वोच्चले अविश्वास प्रस्तावमाथि मतदान गर्न पनि आदेश दिएको छ । गत आइतबार प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव खारेज गरिएपछि खानले संसद विघटन गर्न सिफारिस गरेका थिए ।
खानको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्