
स्याङजा । स्याङजामा विपद् व्यवस्थापनसम्वन्धी नमुना अभ्यास सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म हेड क्वार्टर स्याङजाद्वारा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको संगमस्थल रामनदी धाम कालीगण्डकी नदिमा विपद् व्यवस्थापन सम्वन्धी (बाढी पहिरोमा नमुना अभ्यास सिमुलेसन) सम्पन्न भएको हो । जसअन्तर्गगत पहिरो तथा जल उद्धार कार्य नमुना अभ्यास गरिएको थियो ।
राज्यको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संर्घष, आतंककारी गतिविधि नियन्त्रण गर्न र दैवीप्रकोप तथा महामारीबाट पीडितको उद्धार गर्न सहयोग पु¥याउने सशत्र प्रहरी नायव उपरीक्षक मोहन न्यौपानेले बताउनुभयो ।
बिपद्मा परेकालाई कसरी छिटो भन्दा छिटो राहत र व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले सशत्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेना तत्पर रहेको प्रमुख जिल्ला अधिकारी राजुुप्रसाद पौडेलले बताउनुभयो ।
नमुना अभ्यासमा पहिरोमा पुरिएकोलाई कसरी निकाल्ने, बाढीले बगाएकोलाई उद्धार कसरी गर्ने, घाइतेलाई हस्पिटल कसरी पुर्याउने भिरमा अड्किएकोलाई कसरी निकाल्ने भनी नमुना प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्