१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मोरङमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


130
Shares

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारेमा बिहीबार बेलुकी पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

को १ च ६३९९ नम्बरको भ्यानले को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दमक नगरपालिका–३ का २७ वर्षीय राजन धिमालको मृत्यु भएको हो ।

घाइते भएका धिमालको उपचारको क्रममा उर्लाबारी स्थित अरनिको अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने भ्यान सहित चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।