५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


स्वर्गद्वारी दर्शन गरेर फर्केको बस अर्घाखाँचीमा दुर्घटना, २५ घाइते


7.93k
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ बेलबाटीकामा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका हुन । घाइतेमध्ये १० जनाको विभिन्न ठाउँमा चोट पटक लागेको तथा १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सबै घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घााखाँचीका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

चालक सहचालक सहित २८ जना सवार रहेको बसमा पोखरा–३१, वेगनासताल स्थित साना किसान कृषि सहकारीबाट भ्रमणमा गएका थिए ।

बस ब्रेक फेल भएर भित्तामा ठोक्किएको हुन सक्ने जनाईएको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिनुभयो ।