१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहाडी र हिमाली भेगमा सिंचाइका आयोजनालाई प्राथमिकता दिने मन्त्री भुसालको प्रतिबद्धता


117
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा सिँचाइका आयोजनाहरु पहाडी र हिमाली भेगमा बनाउनुपर्ने बताउनुभएको छ ।

सिँचाइ दिवसको अवसरमा आज जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले सिँचाइका आयोजनाहरु पहाडी तथा हिमाली भागमा केन्द्रीत गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय गौरवका आयोजनाहरु तराई केन्द्रित भएको उल्लेख गर्दै उहाँले खेतियोग्य जमिन पहाड र हिमालमा पनि भएकाले सो भेगमा सिँचाइ सुविधा पुर्‍याउने गरी नीति तथा योजना तर्जुमा गर्नुपर्ने बताउनुभएको हो । पहाडी र हिमाली भेगमा सिँचाइ पुर्‍याउन सके खाद्यान्न उत्पादनमा वृद्धि भएर आत्मनिर्भर हुन सकिने मन्त्री भुसालको भनाइ छ ।

मन्त्री भुसालले देशमा आर्थिक तरलताको स्थिति भएपनि आर्थिक संकट भने नरहेको बताउनुभयो । उहाँले श्रीलंकाको अवस्था जस्तो हुने हो कि भनेर अतिरञ्जित गरिएको बताउनुभयो । उहाँले आयातित वस्तुलाई प्रयोग नगरेर आफ्नै देशमा उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भुसालले कृषिमा आत्मनिर्भर, पर्यटन र जलविद्युतको विकास भएमात्र देशमा आर्थिक समृद्धि हुने बताउनुभयो ।