
काठमाडौं । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । देवीको पूजा उपासना गर्दै चैते दशैं मनाइँदैछ ।
असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दू धर्मावलम्बीहरुले वर्षमा दुई पटक (असोज र चैतमा) मनाउने गर्दछन् । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ ।
आज घर घरमा तथा देवीका मन्दिरमा देवी भागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ ।
चैते दशैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी, बागलुङको कालिका मन्दिरलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
असोजको बडादशैंको जस्तो यो बेलामा जमरा भने चैते दशैंमा प्रयोग हुँदैन् ।
प्रतिक्रिया दिनुहोस्