२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौंको शंखरापुरमा टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु


481
Shares

काठमाडौं । शंखरापुर नगरपालिका–१ स्थित नाङ्लेबजारमा शुक्रबार राति टिपर दुर्घटना हुँदा परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।

मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बास्कोटाको मृत्यु भएको हो ,

टिपर अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।

दुर्घटना पछि टिपर चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।