
बाग्लुङ । बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंको अवसरमा दर्शनार्थीको भीड लागेको छ ।
चैते दशैंको अवसरमा छिमेकी मुलुक भारतसहित, देशैभरका विभिन्न क्षेत्रबाट समेत दर्शनार्थी आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा दर्शनार्थीको सुरक्षाको लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको समितिले जनाएको छ ।
चैते दशै सुरू भएसँगै कालिका मन्दिरमा चहलपहल बढेपनि आज चैते दशैको मुख्य दिन बिहानदेखिनै दर्शनार्थीको भिड लागेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
यो अवसरमा गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेला २८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस्