१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गर्भनर निलम्बन कटुवाल प्रकरणपछिको गम्भीर भुल : महासचिव पोखरेल


3.536k
Shares

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोड्नुभएको छ ।

तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल हो यो गभर्नरको निलम्बन,’ पोखरेलका छोटो प्रतिक्रिया छ, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफैँ हुन् ।’

गर्भनर अधिकारीलाई बिहीबारको मन्त्रिपपरिषद् बैठकले नै निलम्बन गरे पनि सरकारले शनिबार मात्रै सार्वजनिक गरेको हो ।