
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले निर्वाचन खर्च महंगो हुँदै गएको बताउनुभएकाे छ ।
खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उहाँको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उहाँले बताउनुभयो ।
‘तीन पटक निर्वाचन लडें, पहिलो पटक ८० हजार, दोस्रो पटक तीन करोड र तेस्रो पटक ६ करोड खर्च भयो,’ नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले भन्नुभयो ।
डा. कोइरालाले विद्यार्थीलाई राजनीतिभन्दा पनि अध्ययनमा जोड दिन आग्रह गर्नुभयो । देश बनाउने युवा विद्यार्थीहरू भन्दै अध्ययन सकेर राजनीतिमा आउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्