
काठमाडौं । अभिनेता भुवन केसीे काठमाडौं महानगरपालिकाको मेयरको दौडबाट पछि हटेका छन् ।
यसअघि विभिन्न माध्यमबाट उन्नत लोकतन्त्र पार्टीबाट उमेदवार बन्ने चर्चामा रहेका केसीले सामाजिक सञ्जालमार्फत मेयरको दौडबाट पछि हटेको जानकारी गराए ।
महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक नभएको बताउँदै केसीले प्राविधिक तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उल्लेख गरे ।
साथै उनले हालसम्म आफू कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्