
बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना कालमा नेपाल सरकार र राजनीतिक दलहरू सजक बन्दा नेपालले ठूलो क्षति व्यहोर्नु नपरेको बताउनुभएको छ ।
बागलुङमा सञ्चालन भएको चैत्राष्टमी मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संक्रमणपछि नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताउनुभयो । कोरोनाले थला परेको कला, संस्कृति पर्यटन र व्यवसाय खोपपछि लयमा फर्किएको उहाँको भनाइ छ ।
अध्यक्ष तिमिल्सिनाले दलहरूले नागरिकको चाहना र भावनालाई ध्यान दिनुपर्ने बताउनुभयो । निर्वाचन जित्नको लागि दलहरूले जस्तो सुकै कदम चाल्ने गरे पनि निर्वाचित भएपछि जनताको नपुग्ने गरेको कारण जनतामा निराशा पैदा भएको उहाँको भनाइ छ ।
२८ गतेसम्म सञ्चालन हुने चैत्राष्टमी मेलामा रमाइलो बालमेला, दोहोरी गीत प्रतियोगिता, भलिबल प्रतियोगिता आयोजना गरिएको चैत्राष्टमी मेला आयोजन समितिका संयोजन कुमार खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्