
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ ।
पुनेमा शनिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले हुँदै मुम्बईले लगातार चौथो हार व्यहोरेको हो ।
१ सय ५२ रनको लक्ष्य बैंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरको जितमा अनुज रावतले ६६, विराट कोहलीले ४८ र कप्तान फाप डु प्लेसिसले १६ रन बनाए । मुम्बईका जयदेव उनाकड र डेवाल्ड ब्रेभिसले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ६८, कप्तान रोहित शर्मा र इशान किशनले समान २६/२६ र जयदेव उनाकडले अविजित १३ रन बनाए ।
बैंगलोरका हर्सल पटेल र वानिन्दु हसरंगा डी सिल्भाले २/२ तथा आकाश दीपले ले एक विकेट लिए ।
मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेट, दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ रन र कोलकाता नाइट राइडर्ससँग ५ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्