
इलाम । इलाममा चियाको पहिलो टिपाई ‘फस्ट फ्लस’ सुरू भएको छ । चिया टिपाई सुरू भएपछि जिल्लाका केही चिया कारखानाले प्रशोधन गर्न समेत थालेका छन् ।
पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागि समेत छिट्टै टिपाई थालिएको हो ।
यसवर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ ।
पहिलो टिपाई जति छिटो बजारमा पुर्याउन सक्यो त्यस पछिको बजारमा बिक्रि गर्न सकिने भएकाले कारखानाले थोरै हरियोपत्ति भए पनि प्रशोधन गर्ने गरेका छन् ।
अर्थोडक्स चिया उत्पादनका लागि अग्रणी रहेको इलामका कृषकले वार्षिक ४० लाख किलो तयारी चिया उत्पादन गर्ने गरेको तथ्याङ्क छ ।
इलाममा २४ वटा ठूला र ४२ वटा साना चिया कारखाना सञ्चालनमा छन । यहाँका करिब १२ हजार कृषकले कारखानालाई चियापत्ति विक्री गर्दै आईरहेको छन् ।
प्रतिक्रिया दिनुहोस्