
web pic
काठमाडौं । तनँहुको व्यास नगरपालिका–१ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार एक वृद्धाको मृत्यु भएको छ ।
हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ वर्षीया पार्वती रानाभाटको मृत्यु भएको हो ।
मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिँदा घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल दमौलीमा पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्